राजनीति


गौर हत्याकाण्डबारे देव गुरुङ- घेराबन्दी गरेर सामूहिक हत्या गर्न पाइँदैन

गौर हत्याकाण्डबारे देव गुरुङ- घेराबन्दी गरेर सामूहिक हत्या गर्न पाइँदैन

नेपालखबर
भदौ ७, २०८२ शनिबार १४:५१, काठमाडौँ

प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले २०६३ सालमा भएको गौर हत्या प्रकरण निष्पक्ष र स्वतन्त्र ढंगले छानबिन गर्नुपर्ने बताएका छन्। 

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले घटनालाई राजनीतिक प्रकृतिको भनेपछि गुरुङले त्यसप्रति आपत्ति जनाउँदै भने, ‘राजनीतिक प्रकृतिको घटना जस्तो देखिए पनि कानुनी रुपमा कसैलाई घेराबन्दी गरेर सामूहिक हत्या गर्न पाइँदैन।’

गुरुङका अनुसार घटनाको समयमा मधेसी जनअधिकार फोरम (हाल जसपा नेपाल)को नेतृत्व उपेन्द्र यादवकै हातमा थियो र मानव अधिकार आयोगले समेत यादवलाई लक्षित गर्दै प्रतिवेदन पेस गरेको थियो। उनले थपे, ‘गौर काण्डप्रति हाम्रो अडान सधैं एउटै हो–निष्पक्ष र स्वतन्त्र न्यायिक छानबिन हुनुपर्छ र दोषीलाई कानूनी कारबाही गर्नुपर्छ।’

सर्वोच्च अदालतले हालै छानबिनको आदेश दिएकोबारे पनि उनले राजनीतिक आशंका उठाएका छन्। जसपा नेपालले भूमि विधेयकको विरोध गर्दै सरकारबाट बाहिरिएको सन्दर्भ जोड्दै उनले भने, ‘अदालतको निर्णयलाई हामी मान्छौँ, तर यो समय सन्दर्भले सरकारको राजनीतिक प्रतिशोध लिएको हो कि भन्ने प्रश्न उठ्छ।’

महासचिव गुरुङले न्यायिक निकाय स्वतन्त्र हुनुपर्ने भन्दै, अदालतले गरेका निर्णय जस्तो भए पनि माओवादीले स्वीकार गर्ने स्पष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad