पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले कसैको दबाबमा परेर देशको स्वाधिनतामाथि सम्झौता गर्न नहुने बताएका छन्।
नेपाल-चीन कूटनैतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन र भारत भ्रमणमा नेपाली भूमि लिपुलेकमा दुई देशले व्यापार मार्ग खोल्ने गरेको सम्झौतामा स्पष्ट अडान राख्नुपर्ने बताए।
‘अहिले प्रधानमन्त्रीको भ्रमणमा एउटा एजेण्डा ९८ प्रतिशत सीमाना सीमांकनमा सही गर्ने हुनसक्छ भनेर एउटाले भन्दै थियो, प्रधानमन्त्रीलाई दबाब दिनसक्छ भन्दै थिए,’ पाण्डेले भने, ‘तर कसैको दबाबमा मुलुकको स्वाधिनतामा कम्परमाइज गर्न सकिँदैन। चीनले हामीलाई दुःख दिएको छैन। अहिले समस्या दक्षिण र उत्तरकोले हस्ताक्षर गरे, त्यो हस्ताक्षर ०७२ मा गरेको थियो। भूकम्पमा थियौँ हामी। डिप्लोमेटिक नोट मैले नै पठाएका हो। दुई मुलुकका परराष्ट्रमन्त्रीले हस्ताक्षर गरेका छन्।’
Shares

प्रतिक्रिया