राजनीति


वैकल्पिक विकास विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित

वैकल्पिक विकास विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित

नेपालखबर
भदौ ६, २०८२ शुक्रबार १८:१, काठमाडौँ

वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ संघीय संसद्को प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ। प्रतिनिधिसभाको आजको बैठकले विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयकले नेपालमा ठूला भौतिक पूर्वाधार विकासका लागि अर्को ढोका खोल्ने बताए।

अर्थमन्त्री पौडेलले विधेयकले नेपालको विकासको आवश्यकतालाई सम्बोधन गर्ने भएकाले विधेयक छिटो पारित गरेर संसद्ले छोटो समयमा महत्त्वपूर्ण काम गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको बताए। 

विधेयकमाथिको छलफलमा भाग लिँदै प्रतिपक्षी दलका सांसदहरूले समेत नवीन अवधारणा भएको उल्लेख गर्दै विधेयकको प्रशंसा गरेका थिए। संसद्को अर्थ समितिमा छलफल सम्पन्न भएपछि विधेयकलाई प्रतिनिधिमासभामा पेस गरिएको थियो। वैकल्पिक स्रोत जुटाएर धेरै प्रतिफल दिने ठूला पूर्वाधारका आयोजनामा लगानी गर्ने विधेयकको मुख्य उद्देश्य छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad