नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सानो छ भनेर कुप्रचार नगर्न चेतावनी दिएका छन्।
पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले पार्टीले जनताको बीचमा आफ्नो प्रभाव विस्तार गर्नको लागि विभिन्न अभियान सञ्चालन गरिरहेको बताए।
मेची-महाकाली अभियान, समाजवादी जागरण अभियान सञ्चालन गर्दा देशभरबाट पार्टीमा प्रवेश गर्नेहरूको लर्को लागेको बताए।
जनताको विश्वास विस्तार गर्ने पार्टीले शक्तिलाई परिचालित गर्ने भन्दै शक्ति परिचालित गर्न जरुरी रहेको बताए। पार्टीको भविष्य रहेको बताउँदै यसलाई सशक्त बनाउने उनको भनाइ छ। नेपाली जनताको विश्वास जितेर नेपाली राजनीतिमा ठूलो भुमिका खेल्ने स्थितिमा पुर्याउने बताए।
'हामी पार्टीलाई अघि बढाउन चाहन्छौँ। यो पार्टीको भविष्य छ, यो पार्टी सानो छ भनेर कसैले कुप्रचार गर्ने काम नगरुन्। अवश्य ठूलो छ भन्नेकुरा पनि आउँदैन,' उनले भने, 'तर यो पार्टीलाई हामीले सशक्त बनाउनुपर्नेछ। ठूला पार्टी बनाउनुपर्नेछ। नेपाली जनताको विश्वास जितेर नेपाली राजनीतिमा ठूलो भुमिका खेल्ने स्थितिमा पुर्याउनुपर्दछ।’
पार्टीको मेची-महाकाली अभियान, समाजवादी जागरण अभियान सफल भएको पनि उनको भनाइ छ। 'ठाउँ ठाउँमा पार्टी प्रवेशको लहर चलेको थियो। जुन पार्टी जनताको विश्वास गर्न चाहन्छ, उनीहरू शक्तिलाई परिचालित गरिरहेको हुन्छ,' उनले भने, 'परिचालनको क्रम पालिका पालिकाभित्र हुन्छ। जिल्ला जिल्लामा पनि हुन्छ। जिल्लास्तरको अभियान सञ्चालन गरेर पालिकास्तरको अभियान सञ्चालन गरेर, प्रदेश स्तरको अभियान सञ्चालन गरेर, राष्ट्रिय स्तरको अभियान सञ्चालन गर्नुपर्छ।'
Shares

प्रतिक्रिया