पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेसहितका ठूला भनिएका दलले राजनीतिक प्रणालीलाई सही हिसाबले अघि नबढाएको भन्दै आपत्ति जनाएकी छन्।
बिहीबार आफ्नो सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै भण्डारीले संघीयतामाथि ठूला दलले काम गर्न नदिएको विषयमा प्रश्न उठाएकी हुन्।
'विषयमा संघीय लोकतन्त्र छ एउटा कानुन पनि प्रदेश सरकराले बनाउने सक्ने खालको छैन। वडा सदस्य उठाउन पनि माथिको नेताले उर्दी जारी गर्नुहुन्छ अरु त कुरा छोडौँ,' उनले भनिन्, 'अहिले पनि ठूला दलहरूले राजनीतिक प्रणालीलाई सही हिसाबले अगाडि बढाउन सकेनन्। मैले भने भनेँ एमालेलाई आलोचना गरे जस्तो हुन सक्दछ। एमाले पनि अग्रज पार्टी भएकोले यस्ता कुरामा विचार पुर्याउनुपर्छ। मधेशलाई जनतालाई किन शुद्ध पानी दिन सकेका छैनौ? युवालाई इच्छाअनुसारको रोजगार दिन सकिरहेका छैनौँ?'
उनले काम कम र कुरा धेरै भएको भन्दै नेतृत्वको आलोचना पनि गरिन्।
'कुरा धेरै हुन्छ यहाँ। कुराले काम हुँदैन यथार्थमा काम हुनुपर्यो। यति धेरै उद्योगधन्दा हुनसक्ने देशका किन भइरहेको छैन?,' उनले भनिन्, 'खुट्टाले टेकेर हिँड्नुपर्ने देश टाउकाले टेकेर हिँडिरहेको छ। व्यापार घाटा भइरहेको छ। दलाल पुँजी फस्टाइरहेको छ राष्ट्रिय पुँजी फस्टाउन सकेको छैन। दिगो विकास हुन सकेको छैन।'
Shares

प्रतिक्रिया