राजनीति


रवि भेट्न प्रचण्ड नक्खु कारागार जाने

रवि भेट्न प्रचण्ड नक्खु कारागार जाने

नेपालखबर
भदौ ४, २०८२ बुधबार १६:१६, काठमाडौँ

सहकारी ठगी मुद्दामा नक्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' जाने भएका छन्। 

प्रचण्ड आज बुधबार साँझ ६ बजे लामिछानेलाई भेट्न नक्खु पुग्ने उनको सचिवालयले जानकारी दिएको छ।  

बुटवलको सुप्रिम सहकारी ठगीको अभियोगमा रुपन्देही कारागारमा रहेका लामिछानेलाई गत शनिबार ललितपुरको नक्खु कारागार सारिएको थियो। 

यहाँ सारेसँगै पार्टीका नेता कार्यकर्ता, आफन्त र शुभेच्छुकसँग लामिछानेले भेटघाट बढाएका छन्। आफू सत्ताबाट बाहिरिने अन्तिम क्षणसम्म साथ दिएका लामिछाने सहकारी ठगीमा निर्दोष रहेको प्रचण्डले सार्वजनिक रुपमै बताउँदै आएका छन्। 

वर्तमान सत्ता गठबन्धनले लामिछानेसँग प्रतिशोध साँधेको र उनलाई फसाइएको भन्दै प्रचण्डले आपत्ति जनाउँदै आइरहेका छन्। लामिछानेविरुद्ध ५ वटा सहकारी ठगेको अभियोग छ। 

सुप्रिमबाहेकका सहकारी ठगीको अभियोगमा उनी धरौटीमा रिहा भएका थिए। पर्साको सानोपाइला सहकारी ठगीको अभियोगमा थुनछेक बहस हुनै बाँकी छ।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad