राजनीति


गंगाराम चौधरी नाउपा संसदीय दलको नेताबाट बर्खास्त, रञ्जिताले पठाइन् संसद्‌मा पत्र

गंगाराम चौधरी नाउपा संसदीय दलको नेताबाट बर्खास्त, रञ्जिताले पठाइन् संसद्‌मा पत्र

नेपालखबर
भदौ ४, २०८२ बुधबार १६:५, काठमाडौँ

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेताबाट गंगाराम चौधरीलाई बर्खास्त गरेकी छन्।  उनले चौधरीलाई बर्खास्त गरेको जानकारीसहितको पत्र संघीय संसद् सचिवालयमा पठाएकी छन्।  

श्रेष्ठले सभामुख देवराज घिमिरेलाई जानकारी गराउँदै पठाएको पत्रमा दलको नेता हेरफेरबारे जानकारी गराएकी छन्।  'यस नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताको भूमिकामा रहनु भएका  गंगाराम चौधरीलाई पार्टीको हितविपरीत कार्य गरे उपर पार्टीको विधान बमोजिम स्पष्टीकरण सोधिएकोमा तथ्यपरक एवम् सन्तोषजनक जवाफ प्राप्त नभएको हुदा निज  गंगाराम चौधरी पार्टीको केन्द्रीय कार्यसमिति पदाधिकारी तथा संसदीय दलको भूमिकामा नरहने गरी मिति २०८२।०४।३० गते कारबाही गरेको हुँदा तहाँ यस पार्टीको संसदीय दलको नेताको पद रिक्त भएकोमा यस नागरिक उन्मुक्ति पार्टीको निर्णयअनुसार पार्टी अध्यक्ष स्वयमले संसदीय दलको नेताको भूमिकासमेत निर्वाह गर्ने व्यहोरा जानकारी गराइन्छ' श्रेष्ठले सभामुखलाई पठाएको पत्रमा भनिएको छ।

उनले राजनितिक दलसम्बन्धी ऐन, २०७३ को दफा २५ बमोजिम संसदीय दलको नेताको नयाँ विवरण अधिलेखीकरण गर्न समेत अनुरोध गरेकी छन्।  

उक्त पत्र संघीय संसद् सचिवालय, निर्वाचन आयोगलाई बोदार्थ दिएकी छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad