कर्णाली


संघीय सरकारले प्रदेशमा पठाएका सचिव मुख्यमन्त्रीले खटाउने

संघीय सरकारले प्रदेशमा पठाएका सचिव मुख्यमन्त्रीले खटाउने

नेपालखबर
भदौ ४, २०८२ बुधबार १६:१३, सुर्खेत

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले तीनवटा निर्णय गरेको छ।

बुधबार (भदौ ४ गते) बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश अस्पतालको निर्देश नियुक्तदेखि केन्द्र सरकारले मन्त्रालयमा पठाएका सचिवहरूलाई मुख्यमन्त्री कार्यालयबाट खटाउने निर्णय गरेको छ। 

सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले बैठकले तीनवटा निर्णय गरेको जानकारी दिए। 

उनकाअनुसार संघीय सरकारले कर्णाली प्रदेशका मन्त्रालयहरूमा खटाउने सचिवहरूलाई अब कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीले सम्बन्धित मन्त्रालयमा खटाउने भएका छन्।

यस्तै, संघीय सरकारले पठाएका सचिवलाई सम्बन्धित मन्त्रालयमा खटाउने अधिकार मुख्यमन्त्रीलाई अधिकार प्रत्यायोजित गरि सो सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय बैठकले गरेको प्रवक्ता शाहले बताए। 

बैठकले प्रदेश अस्पताल कालागाउँको निर्देशकमा डाक्टर गणेश थापालाई नियुक्त गर्ने निर्णय गरेको छ

यस्तै, आजको बैठकले उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम (आरएच भीएपी) को अस्थायी सांगठनिक कर्मचारी संरचना स्वीकृत गरेको छ।

यस परियोजना आइफर्ट र एडीबी, संघीय, प्रदेश र स्थानीय सरकारको साझेदारीमा सात वर्षका लागि कर्णाली प्रदेशका ३१ वटा पालिकामा सञ्चालन हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad