प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि संसद्मा आज हुने भनिएकाे प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ।
एमाले मुख्य सचेतक महेश कुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समितिकाे बैठकमा स्वास्थ्यका कारण प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएकाे जानकारी गराएका हुन्।
संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको आजकाे बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम प्रधानमन्त्रीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची थियाे।
प्रतिनिधिसभाको बैठक बुधबार दिउँसाे १ बजे बस्दैछ।
558
Shares

प्रतिक्रिया