प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रले विपक्षी दलको बैठक डाकेको छ। सत्तारुढ दल नेकपा एमाले-नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरको पदीय आचरणमा प्रश्न उठाउँदै हटाउने तयारी गरिरहेका बेला नेकपा माओवादी केन्द्रले विपक्षी दलको बैठक बोलाएको हो।
बैठक अपराह्न ३ बजे नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा बस्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले जानकारी दिए।
'उता (कांग्रेस-एमाले) हस्ताक्षर संकलन हुँदैछ। यता किन केका लागि हस्ताक्षर संकलन हुन लागेको भनेर छलफल गर्न प्रमुख प्रतिपक्षी दल माओवादीको अग्रसरतामा बैठक बोलाइएको हो,' उनले भने।
कांग्रेस-एमालेसहितको सत्तापक्षको बैठक भने अहिले कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा जारी छ।
447
Shares

प्रतिक्रिया