राजनीति


हामी उपसभामुख हटाउने गतिविधिमा सहभागी हुँदैनौँ: राजेन्द्र पाण्डे

हामी उपसभामुख हटाउने गतिविधिमा सहभागी हुँदैनौँ: राजेन्द्र पाण्डे

फाइल तस्बिर


नेपालखबर
भदौ ३, २०८२ मंगलबार १२:९, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले आफूहरू उपसभापति इन्दिरा राना मगर हटाउने कुनै पनि गतिविधिमा सहभागी नहुने दाबी गरेका छन्।

उपसभामुखलाई हटाउन नेपाली कांग्रेस र नेकपा एमालेले सांसदहरूको हस्ताक्षर संकलन सुरु गरेका बेला एकीकृत समाजवादीका नेता पाण्डेले भने असम्भव काम नगर्ने बताएका हुन्।

यसका लागि आफूहरूसँग कसैले पनि सहयोग नै नमागेको उनको भनाई छ। 

‘त्यस्तो कुरामा हामी लाग्दैनौँ,’ पाण्डेले नेपालखबरसँग भने, ‘हाम्रो सांसद चोरेर चोरिने कुरा होइन, सुटुक्क भोट हाल्ने पनि होइन। देखिएर भोट हाल्ने ठाउँ हो।’

कांग्रेस–एमालेले अघिल्लो वर्षको भदौमै पनि उपसभामुख रानालाई हटाउने प्रयास गरेका थिए। तर, संख्या नपुग्दा उनीहरू रोकिन बाध्य भएका थिए।

उपसभामुख हटाउने हल्ला चलिरहँदा अहिले एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ लगायतका सांसद सिंहदरबारमै छन्। 

‘हाम्रो दलको बैठक बसेको छैन। बाहिर आएको हल्ला मैले पनि सुनेँ। एमाले-कांग्रेससँग दुईतिहाई पुगे हटाउलान,’ पाण्डेले थपे, ‘तर हामी त्यतातिर लाग्दैनौँ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad