राजनीति


प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

नेपालखबर
भदौ १, २०८२ आइतबार १८:५६, काठमाडौँ

नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन्। 

प्रधानमन्त्री ओलीसँगको शिष्टाचार भेटका क्रममा विदेश सचिव मिस्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट औपचारिक भारत भ्रमणको निमन्त्रणा दिएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ।

प्रधानमन्त्री ओलीले निमन्त्रणाका लागि धन्यवाद दिएका थिए।

भ्रमणको औपचारिक मिति सार्वजनिक हुन भने बाँकी छ। तर, भदौ ३१ र असोज १ मा ओलीले भारत भ्रमण गर्ने गरि तयारी भइरहेको छ।

भारत भ्रमणको निमन्त्रणा दिन आइतबार बिहान भारतीय विदेश सचिव मिस्री नेपाल आएका थिए।

उनले प्रधानमन्त्री ओली, राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायतसँग भेट गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad