राजनीति


प्रधानमन्त्री ओलीसँगको भेटमा भारतीय विदेश सचिवको बसाइप्रति एमाले सांसदको कटाक्ष

प्रधानमन्त्री ओलीसँगको भेटमा भारतीय विदेश सचिवको बसाइप्रति एमाले सांसदको कटाक्ष

नेपालखबर
भदौ १, २०८२ आइतबार १५:१६, काठमाडौँ

सत्तारुढ दल नेकपा एमालेका सांसद दयालबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका क्रममा भारतीय विदेश सचिव विक्रम मिस्रीको बस्ने तरिकालाई लिएर कटाक्षपूर्ण टिप्पणी गरेका छन्। 

प्रधानमन्त्री ओलीसँगको भेटका क्रममा विदेश सचिव मिस्री उपरखुट्टी लगाएर (एउटा खुट्टामाथि अर्को खुट्टा राखेर) बसेको तस्बिर सामाजिम सञ्जालमा राख्दै सांसद शाहीले टिप्पणी गरेका हुने। 

सांसद शाहीले लेखेका छन्, ‘यस्तो उपरखुट्टी ब्युरोक्रेसी युएसए र रुसजस्ता महाशक्तिसँग पनि छैन। के भारत युरोप र अमेरिकाभन्दा संस्कारको हिसाबले पनि कंगाल हो त?’

यही तस्बिरलाई लिएर अहिले सामाजिक सञ्जालमा चर्चा र विवाद भइरहेको छ। 

हाल नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव उच्चस्तरीय भेटघाटमा व्यस्त छन्। 

उनले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि शिष्टाचार भेट गरेका छन्।

नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज बिहान काठमाडौँ आइपुगेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad