राजनीति


रास्वपालक्षित प्रधानमन्त्रीको टिप्पणीः भवितव्यले खुलेका पार्टीहरू मुलुकमा अराजकता फैलाउन उद्दत छन्

रास्वपालक्षित प्रधानमन्त्रीको टिप्पणीः भवितव्यले खुलेका पार्टीहरू मुलुकमा अराजकता फैलाउन उद्दत छन्

नेपालखबर
साउन ३०, २०८२ शुक्रबार १८:५०, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै भवितव्यले खुलेका पार्टीहरू देशमा अराजकता फैलाउन उद्दत रहेको टिप्पणी गरेका छन्।

शुक्रबार मधेस प्रदेश प्रहरी कार्यालयको प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई जनकपुरमा सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। 

केही पार्टीहरूले आफूलाई नयाँ भन्दै जनतामा भ्रम फैलाइरहेको उल्लेख गर्दै यसतर्फ नागरिक स्वयं सचेत रहनुपर्ने तर्क गरे। उनले मुलुकको शान्ति व्यवस्था खल्बल्याउन तथा देशलाई प्रतिगमनतिर लैजान समेत प्रतिगामी तत्वहरु सक्रिय रहेको उल्लेख गरे।

विगतमा भएका राजनीतिक घटनाहरूको स्मरण गर्दै उनले केही शक्तिहरू त्यस्तै घटनाहरू दोहोर्‍याउने हेतुले राजतन्त्र फर्काउने अभियानमा लागिरहेको टिप्पणी गरे। 

उनले नेपाली नागरिकलाई सुखि र मुलुकलाई समृद्ध बनाउन ढिला भइसकेकोले नयाँ संकल्पका साथ अगाडि बढ्नुपर्ने आजको आवश्यकता भएको बताए।

उनले भने, ‘देशमा शान्ति सुव्यवस्था खल्बलियोस् भनेर भड्काउने, देशलाई प्रतिगमनतिर लान पाइयोस् भन्ने, राणाकाल र राजतन्त्र उस्ताउस्तै हुन्। ०५८ सालमा दरबार हत्यकाण्डजस्ता घटना भए। त्यसपछि पनि जनताको अधिकार खोसेर, नेताहरुलाई थुनेर, मुद्दा लगाएर निर्वाचित प्रधानमन्त्रीलाई हटाएर यस्तै यस्तै क्रियाकलाप गरेको हामीले देखेका छौं। यस्तै अँध्यारा दिनहरु फर्काउन केही तत्वहरु लागिरहेका छन्। केही तत्वहरु देशमा अराजकता फैलाउन कुदिरहेका छन्। आम जनतालाई नयाँ शक्ति हौँ भनेर भ्रममा पारिराखेका छन्। भवितव्यले खुलेका पार्टी नयाँ त हुने नै भए।’

कानुन र संवादको माध्यमबाट निष्कर्षमा पुगिने कुराहरुमा जोरजोलुम गर्ने परिपाटीको अन्त्य गरिनुपर्ने पनि प्रधानमन्त्री ओलीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad