नेकपा एकीकृत समाजवादीले नवप्रवेशी सम्मानित नेता वामदेव गौतम पक्षका १३ जनालाई केन्द्रीय सदस्य बनाएको छ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी एकीकृत समाजवादीको सचिवालय बैठकले गौतमसमेत उनी पक्षका १३ जनालाई केन्द्रीय कमिटीमा समावेश गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले नेपालखबरलाई जानकारी दिए।
एमाले फुटेपछि नेकपा एकता अभियान गठन गरेका गौतम हालै मात्र एकीकृत समाजवादीमा आफ्नो समूहसहित एकीकृत समाजवादीमा समाहित भएका थिए।
एकीकृत समाजवादीको जारी सचिवालय बैठकमा सहभागी एक नेताले नेपालखबरसँग भने, ‘बैठकले उहाँ (वामदेव) समेत १३ जनालाई केन्द्रीय कमिटीमा लाने निर्णय गरिसकेको छ।’
उनका अनुसार वामदेव गाैतम, डीबी कार्की, लोकनाथ धमला, तुलसी थापा, भगवती विष्ट, दुर्गादत्त भण्डारी, इमानसिंह भारती, रवीन्द्र वन, तोफा यादव, विद्याप्रसाद शर्मा, राधेश्याम गुप्ता, रामप्रसाद अधिकारी र मोहमदशेर बागवानलाई एकीकृत समाजवादीको केन्द्रीय समितिमा लगिएको हो।
यीमध्ये सम्मानित नेता गौतमलाई तेस्रो वरीयतामा राख्दै सचिवालय सदस्य तथा डीबी कार्की, लोकनाथ धमला र तुलसी थापालाई पोलिटब्युरो सदस्य बनाउने निर्णय गरिएको ती नेताले जानकारी दिए।
Shares

प्रतिक्रिया