नेकपा एकीकृत समाजवादीले सम्मानित नेता वामदेव गाैतमलाई तेस्रो वरीयतामा राख्दै सचिवालय सदस्य बनाएको छ।
एकीकृत समाजवादीको जारी सचिवालय बैठकले उनलाई तेस्रो वरीयता दिएको एक नेताले नेपालखबरलाई जानकारी दिए।
उनले भने, ‘उहाँलाई तेस्रो वरीयतामा राख्दै सचिवालय सदस्य बनाउने निर्णय गरेको छ।’
वामदेवलाई एकीकृत समाजवादीमा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालपछिको वरीयतामा राखिएको हो।
गौतम हालै मात्र एकीकृत समाजवादीमा समाहित भएका थिए।
एकीकृत समाजवादीको सचिवालय बैठक आलोकनगरस्थित केन्द्रीय कार्यालयमा जारी नै छ।
1.9k
Shares

प्रतिक्रिया