राजनीति


एकीकृत समाजवादीमा वामदेव गौतम पक्षका ३ जना बने पोलिटब्युरो सदस्य

एकीकृत समाजवादीमा वामदेव गौतम पक्षका ३ जना बने पोलिटब्युरो सदस्य

नेपालखबर
साउन ३०, २०८२ शुक्रबार १२:२९, काठमाडौँ

नेकपा एकीकृत समाजवादीले हालै मात्र पार्टीमा समाहित सम्मानित नेता वामदेव गौतम पक्षका तीन जनालाई पोलिटब्युरो सदस्य बनाएको छ। 

पार्टीको केन्द्रीय कार्यालयमा जारी एकीकृत समाजवादीको जारी सचिवालय बैठकले गौतम पक्षका तुलसी थापा, डीबी कार्की र लोकनाथ धमलालाई पोलिटब्युरो सदस्य बनाउने निर्णय गरेको बैठकमा सहभागी एक नेताले नेपालखबरलाई जानकारी दिए। 

‘बैठकले उहाँहरूलाई पोलिटब्युरो सदस्य बनाउने निर्णय गर्‍यो’, ती नेताले भने। 

जारी सचिवालय बैठकले वामदेवसहित उनी पक्षका १३ जनालाई केन्द्रीय कमिटीमा लाने निर्णय पनि गरेको छ।

ती नेताले नेपालखबरलाई उपलब्ध गराएको सूचीअनुसार एकीकृत समाजवादीको केन्द्रीय समितिमा वामदेव गाैतम, डीबी कार्की, लोकनाथ धमला, तुलसी थापा, भगवती विष्ट, दुर्गादत्त भण्डारी, इमानसिंह भारती, रवीन्द्र वन, तोफा यादव, विद्याप्रसाद शर्मा, राधेश्याम गुप्ता, रामप्रसाद अधिकारी र मोहमदशेर बागवानलाई लगिएको हो। 

यीमध्ये सम्मानित नेता गौतमलाई तेस्रो वरीयतामा राख्दै सचिवालय सदस्य तथा डीबी कार्की, लोकनाथ धमला र तुलसी थापालाई पोलिटब्युरो सदस्य बनाउने निर्णय गरिएको उनले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad