लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पूर्वमहामन्त्री देवेन्द्रकुमार यादव कांग्रेस प्रवेश गरेका छन्।
आज बिहीबार पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रम गरी देउवाले यादवलाई सदस्यता प्रदान गरी पार्टीमा स्वागत गरे। उनलाई कांग्रेस केन्द्रीय सदस्य बनाउने तयारी गरिएको छ।
तत्कालीन सद्भावना पार्टी, राष्ट्रिय जनता पार्टी हुँदै लोसपामा पुगेका यादव पछिल्लो समूह निष्क्रिय थिए। उनलाई कांग्रेस सहमहामन्त्री महेन्द्र यादव र मधेस प्रदेश सभापति कृष्ण यादवसँगको संवादपछि पार्टीमा ल्याइएको देउवाले बताए।
3.4k
Shares

प्रतिक्रिया