प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै त्यो अगामी दिनमा कसरी अगाडि जान्छ भनेर हेर्नुपर्ने अवस्था रहेको बताएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मदन-आश्रित स्मृति प्रतिष्ठानका पदाधिकारीलाई शपथ खुवाउँदै उनले फाउन्डेसनका पदाधिकारीको अभिव्यक्तिप्रति असन्तुष्टि समेत जनाए।
‘त्यो आगामी दिनमा के हुन्छ, त्यो हुनपर्ने अवस्था चाहिँ बनेको छ,’ ओलीले भने, ‘कसरी जान्छ त्यो भन्ने कुरा हेर्नुपर्ने अवस्था बनेको छ।’
‘त्यसका पदाधिकारीका अधिव्यक्ति, चक्रपथ भन्ने अनलाइनको प्रस्तुति आदि हेर्दा कसरी जाने हो भन्ने त्यो अन्योल छ,’ उनले थपे।
हाल मदन भण्डारी फाउन्डेसनको अध्यक्ष पूर्वराष्ट्रपति विद्या भण्डारीकी छोरी उषाकिरण भण्डारी छिन्।
Shares

प्रतिक्रिया