राजनीति


ब्रिटिस गोरखाका सन्तानको नागरिकता अधिकारबारे गम्भीर हुन सरकारको ध्यानाकर्षण

ब्रिटिस गोरखाका सन्तानको नागरिकता अधिकारबारे गम्भीर हुन सरकारको ध्यानाकर्षण

नेपालखबर
साउन २६, २०८२ सोमबार १४:१४, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले ब्रिटिस गोरखाका सन्तानको नागरिकता अधिकारबारे गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रिय सभाको सोमबारको विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमाथिको छलफमा बोल्दै उनले विदेशमा बसेका गोरखाका छोराछोरीले उतैको परिचयपत्र लिएपछि नेपालमा नागरिकता नपाउँदा सम्पत्ति उपभोग गर्न पाउने अधिकार गुम्ने सम्भावना रहेको उल्लेख गर्दै यसतर्फ सरकार सचेत रहन आवश्यक रहेको बताए।

‘अहिले ब्रिटिस गोर्खाका छोराछोरीहरु त्यँही पढिरहेका छन्, उनीहरुले उतैको परिचय प्रमाणपत्र लिएका पनि छन्,’ सुवेदीले भने, ‘पछि उनीहरुको आमाबुबा मरेपछि नागरिकता नभएको अवस्थामा नेपालमा रहेको सम्पत्ति खान पाउने अवस्था रहदैन। यो विषयमा गम्भीर रुपमा सोच्नुपर्छ। यो स्वघोषणाको विषयमा पनि समस्या आउन सक्छ। वंशजको नागरिकतामा सरकार लचिलो हुनुहुँदैन। तर अंगीकृत नागरिकताका सम्बन्धमा बरु लचिलो हुनसक्छ। यो महिलालाई अफ्ठ्यारो पार्नेगरी कानुन आउँदैछ। यसमा सचेत हुन जरुरी छ।’

उनले लैङ्गिक समावेशीकरणको आधारमा नागरिकतासम्बन्धी विधेयक ल्याउनुपर्ने व्यवस्था गर्नुपर्ने धारणा राखे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad