राजनीति


उद्योग समितिका तीन अनुगमन प्रतिवेदन सर्वसम्मतिले पारित

उद्योग समितिका तीन अनुगमन प्रतिवेदन सर्वसम्मतिले पारित

नेपालखबर
साउन २३, २०८२ शुक्रबार १६:२३, काठमाडौँ

प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले समितिबाट भएका तीन वटा स्थलगत अनुगमनका प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ।

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले तीनवटा अनुगमन प्रतिवेदन पारित गरेको हो।

समिति सभापति अब्दुल खानकाअनुसार झापा, उदयपुर, सुनसरी र मोरङमा गरिएको अनुगमनको प्रतिवेदन, स्पञ्ज आइरन, बिलेट्सको भन्सार महशुल, अन्तःशुल्क तथा उद्योगहरुको अध्ययन उपसमितिको प्रतिवेदन र मकवानपुर, बारा र पर्सा जिल्लाका उद्योगहरु तथा भन्सार कार्यालयहरुको स्थलगत अनुगमन सम्बन्धी प्रतिवेदन पारित गरेको हो। 

बैठकले समितिले यसअघि गरेका निर्णय तथा सरोकारवालाहरूलाई दिएको निर्देशक कार्यान्वयनको अवस्थाबारे समिक्षा गर्ने निर्णय पनि गरेको छ।

समितिले सरकार र सरोकारवाला निकायलाई दिएको निर्देशनको कार्यान्वयनको अवस्थाबारे सम्बन्धित निकायसँग छलफल र समीक्षा गर्ने भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad