राजनीति


स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्न सांसद बस्नेतको माग

स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्न सांसद बस्नेतको माग

फाइल तस्बिर


नेपालखबर
साउन २१, २०८२ बुधबार १४:९, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का सांसद शक्ति बस्नेतले स्वास्थ्य क्षेत्रमा जनशक्ति अभावको कारण नागरिकले आधारभूत उपचार सेवा पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद बस्नेतले स्वास्थ्य चौकी तथा जिल्ला अस्पतालरुमा चिकित्सक अभाव हुँदा नागरिकले उपचार सेवा नभएको भन्दै जनशक्ति थप गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनले धेरै स्थानीय तहका आधारभूत अस्पतालहरुका ओएनएम नहुँदा दरबन्दी समेत सिर्जना हुन नसकेको बताए। ‘स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गरी यथाशीघ्र ओएनएम गरी पदपूर्ति प्रक्रिया अगाडि बढाइयोस्। र दुर्गम क्षेत्रका स्वास्थ्यकर्मीका लागि विषेश प्रोत्साहन प्याकेजको व्यवस्था गरियोस्।’

सांसद बस्नेतले दुर्गम क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको लागि प्रोत्साहन प्याकेजको व्यवस्था गर्न समेत माग गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad