राजनीति


राप्रपा सांसद कार्कीको प्रश्न: दिनको ५० हजारदेखि १ लाख बुझ्ने गृहमन्त्रीको मुटु काँप्दैन?

राप्रपा सांसद कार्कीको प्रश्न: दिनको ५० हजारदेखि १ लाख बुझ्ने गृहमन्त्रीको मुटु काँप्दैन?

नेपालखबर
साउन २१, २०८२ बुधबार १४:२, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले सरकार संसदप्रति नभई संसद सरकारप्रति उत्तरदायी भएको टिप्पणी गरेकी छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा कार्कीले सरकार संसद्प्रति जवाफदेही बन्नुपर्नेमा विपरित अभ्यास भइरहेको  टिप्पणी गरेकी हुन्। 

उनले सरकार संसद्प्रति उत्तरदायी हो कि, संसद् सरकारप्रति हो? भन्दै प्रश्न गरिन्। 

‘सरकार संसदप्रति उत्तरदायी हो कि संसद सरकारप्रति उत्तरदायी हो ? के हो यो ? भिजिट भिसाको विरोधी हामीहरू होइनौँ। तर भिजिट भिसाको नाममा मान्छेहरूलाई मार्ने र हत्या गर्ने जुन काम भएको छ त्यसको विरोधी हौँ,' उनले भनिन्, 'हामीले भिजिट भिसा हुनु हुँदैन भनेर विरोध गरेका छैनौं। आज हजारौँ दिदीबहिनीहहरू वैदेशिक रोजगारमा गएर बालत्कृत भएका छन्। हाम्रा दाजुभाइहरु बाकसमा फर्किएका छन्। दिनको ५० हजारदेखि १ लाख बुझ्ने गृहमन्त्रीको मुटु काँप्दैन? भ्रष्टाचार त गर्‍यौ-गर्‍यौ, देश त लुट्यौ नेपालीहरूलाई नमार। भिजिट भिसाको नाममा नेपालीहरुलाई विदेशमा लगेर नबेच।’

उनले भिजिट भिसाको दुरुपयोगको सम्बन्धमा आवश्यक छानविन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गरिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad