राजनीति


रामहरिले राजीनामा दिनुपर्छ, दुरालाई बर्खास्त गर्नुपर्छ : कमल थापा

रामहरिले राजीनामा दिनुपर्छ, दुरालाई बर्खास्त गर्नुपर्छ : कमल थापा

फाइल तस्बिर: राप्रपा नेपालका अध्यक्ष कमल थापा, राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरा


नेपालखबर
साउन २०, २०८२ मंगलबार २१:४६, काठमाडौँ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले 'कुलिङ अफ पिरियड'सम्बन्धी छानबिन समितिको प्रतिवेदनअनुसार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिनुपर्ने र सचिव सुरजकुमार दुरालाई बर्खास्त गरिनुपर्ने बताएका छन्। 

संघीय निजामती विधेयकको 'कुलिङ अफ पिरियड'सम्बन्धी व्यवस्था नै काम नलाग्ने गरी खुसुक्क बाहेक शब्द घुसाइएको सम्बन्धमा अध्ययन गर्न बनेको स‌ंसदीय विशेष छानबिन समितिले यस जालसाजीमा राज्य व्यवस्था समितिका सभापति खतिवडा र सचिव सुरजकुमार दुरा नैतिक रूपमा जिम्मेवार रहेको निष्कर्ष निकालेको छ।

सोआधारमा उनले पदबाट राजीनामा दिनुपर्ने राप्रपा नेपालका अध्यक्ष थापाको माग छ। 

‘कुलिङ अफ पिरियडबारे निजामती सेवा विधेयकमा भएको जालसाजीका सम्बन्धमा संसदीय छानबिन समितिले दिएको प्रतिवेदनलाई आधार मान्ने हो भने- क) समितिका सभापति रामहरि खतिवडाले नैतिकताको आधारमा राजीनामा दिनुपर्दछ’, थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ख) समितिका सचिवलाई बर्खास्त गरिनुपर्दछ, ग) विधेयकको अध्ययन नै नगरी हचुवाका भरमा पारित गर्ने प्रतिनिधिसभाका सदस्यहरूले सामूहिक रूपमा जनता समक्ष माफी माग्नुपर्दछ, घ) यसैगरी अन्य कर्मचारीहरुलाई भविष्यमा यस्ता कार्य नगर्ने गरी सचेत गराउनुपर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad