राजनीति


विष्णु रिजाल भन्छन्ः माकुराका बच्चाले आमा खाएजस्तै प्रदेशले संघीयता नखाला भन्न सकिन्न

विष्णु रिजाल भन्छन्ः माकुराका बच्चाले आमा खाएजस्तै प्रदेशले संघीयता नखाला भन्न सकिन्न

नेपालखबर
साउन २०, २०८२ मंगलबार २१:४८, काठमाडौँ

नेकपा (एमाले) का नेता विष्णु रिजालले मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन गर्नुपर्ने बताएका छन्।

प्रदेशहरू मुख्यमन्त्री, मन्त्री उत्पादनको कारखाना बनिरहेका भन्दै नेता रिजालले ‘माकुराका बच्चाले आमालाई खाएजस्तै प्रदेशले संघीयता नखाला भन्न सकिन्न’ भनेका छन्।

सामाजिक सञ्जालमा रिजाल लेख्छन्, ‘प्रदेशसभामा आएपछि मुख्यन्त्री, मन्त्री, सभामुख, उपसभामुख, समितिका सभापति, दलका सचेतक नभएर पाँच बर्षमा कोही पनि रित्तो हात घर फर्किनु नपर्ने अवस्था देखिएको छ। 

आफ्नै पार्टीका मुख्यमन्त्रीले पनि दलका सदस्यको चित्त बुझाउन नसकेर बीचैमा छाड्नु परिरहेको छ।’

उनले मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन हुनुपर्नेमा जोड दिँदै भनेका छन्, ‘यसबाट संघीयतालाई अलि स्थिर र उपलब्धिमुलक बनाउन सकिन्छ। नत्र संघमा समीकरण परिवर्तन हुँदा प्रदेशमा असर त पर्दछ नै, प्रदेशमै कुरा नमिल्दा पनि मुख्यमन्त्री परिवर्तन भइरहँदा यसले आम मानिसमा व्यवस्थाप्रति नै वितृष्णा उत्पन्न गराइरहन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad