राजनीति


‘नो भोट' माग्नेलाई प्रधानमन्त्रीको जवाफ- घरै बसे भइगो नि, बुथसम्मै किन जानुपर्‍यो

‘नो भोट' माग्नेलाई प्रधानमन्त्रीको जवाफ- घरै बसे भइगो नि, बुथसम्मै किन जानुपर्‍यो

नेपालखबर
साउन १८, २०८२ आइतबार १५:२, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नो भोट’ भन्नलाई चुनावको बुथसम्मै पुग्न आवश्यक नरहेको बताएका छन्। 

आइतबार ‘लोकतन्त्र र जनअभिमतः नेपालको निर्वाचन इतिहास’ पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘निर्वाचनका सन्दर्भमा केही-केहीले नो भोट भन्छन्। नहाले भैइगो नि। नो भोट भन्न निर्वाचनको बुथमा जानुपर्छ? घरै बसे नो भोट भैइगो।’

नो भोट खोज्नु समाजलाई भाड्नु भएको भन्दै ओलीले संविधान र कानुनमा नो भोटको व्यवस्था राख्न आवश्यक नहरेको समेत उल्लेख गरे।

‘यो चाहिँ समाज भड्काउने कुरा हो, यस्तो गरिरहनु पर्दैन,’ उनले भने, ‘न संविधानमा लेख्नुपर्छ, न कानुनमा लेख्नुपर्छ। घरै बसे भयो। छुट्टै नो भोट भनेर व्यवस्था गर्नुपर्ने आवश्यकता छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad