नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता वामदेव गौतमले अझै पनि नेकपा एमालेमा प्रवेश गर्न नपाएकामा गुनासो गरेका छन्।
हालै मात्र एकीकृत समाजवादीमा प्रवेश गरेका उनले एमालेमा जान खोजेको तर उसले घाेक्रेठ्याक लगाएर फर्काइदिएको दु:खेसो गरेका हुन्।
‘म एक्लै थोरै शक्ति भएर नसकिने रहेछ, मैले शक्तिशालि पार्टीमै प्रवेश गर्नपर्छ, अथवा शक्तिशाली पार्टी बन्ने सम्भावना भएको पार्टीमा जानपर्छ भनेर, शक्तिशाली भएको पार्टी एमाले हो, एमालेमा प्रवेश गर्ने कोसिस गरेँ, मलाई अपमान गरे। मलाई त्यहाँबाट घोक्र्याएर पठाइद्याजस्तै गरेर पठाइदिए। म जान पाइनँ’, शुक्रबार पत्रकार जन्मदेव जैसीसँगको अन्तर्वार्तामा गौतमले भनेका छन्, ‘तर मलाईचैँ रिस कसरी फेर्ने भन्ने छैन। त्यो पार्टीलाई कसरी एकतामा ल्याउने हो भन्नेमा म चिन्तित छु। एमालेलाई पनि पार्टी एकतामा कसरी ल्याउने भन्ने छ। एकीकृत समाजवादी अहिले एमालेसित एकता असम्भव, कुनै हालतमा हुन सक्दैन भन्ने छ। माओवादीसँग एकता गर्ने हो भने आधार शक्तिचाहिँ माओवादीसँग एकता गर्नुपर्छ भन्ने छ।’
यस क्रममा उनले एकीकृत समाजवादीले जिम्मेवारी नदिएको गुनासो पनि दोहोर्याएका छन्।
उनले भनेका छन्, ‘म अहिले भर्खरै गएको छु कि मैले आफ्नो शक्ति, आफ्नो क्षमता प्रयोग गरेर पार्टी निर्माण गर्नै पाछैन। यो सबै गर्नलाई मलाई दिनुस्। जिम्मेवारी चाहियो। मलाई काम गर्न दिनुस् के। नेकपा एकीकृत समाजवादीको नाममै मैले काम गर्न पाउनुपर्यो।’
यसअघि पनि गौतमले सक्रिय जिम्मेवारी नदिए एकीकृत समाजवादीमा लामो समय रहन नसक्ने चेतावनी दिइसकेका छन्।
Shares

प्रतिक्रिया