नेकपा एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनालले नेकपा एमाले छाडेकामा पश्चाताप गरेका छन्।
उनले नेकपा एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी गठन गर्नु नै गलत भएको बताएका छन्।
‘म त अब के भन्न सुरु गरेको छु भने जतिबेला यो पार्टी विद्रोह या विभाजन गरियो नि, त्यो नै गलत रहेछ भन्ने ठाउँमा पुग्दै छु म’, पत्रकार जगदीश खरेलसँगको अन्तर्वार्तामा पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले भनेका छन्, ‘नेकपा एमाले भनेको एउटा संस्था हो, जो नेपालको कम्युनिस्ट आन्दोलनको एउटा राम्रो संस्था बनाइएको थियो हामीले। त्यो संस्थालाई त्यतिबेला छोड्ने, विद्रोह गर्ने कुरा गलत थियो।’
कहिलेकाहीँ यस्तो लाग्दैन कि व्यर्थै नेकपा एमाले छाडेर नेकपा एसमा आएछु म? त्यो लाग्छ? मनको कुरा भन्नुस्।
खनाल : म त अब के भन्न सुरु गरेको छु भने जतिबेला यो पार्टी विद्रोह या विभाजन गरियो नि, त्यो नै गलत रहेछ भन्ने ठाउँमा पुग्दै छु म।
अहिले?
भनेको एमाले छोडेर आउनु गलत भएछ?
खनाल : एमालेमा जुन विद्रोह गरियो, त्यो पुष्टि नै भएन अहिलेसम्म।
गलत भएछ?
खनाल : पुष्टि नहुनुको अर्थ के हो भने गलत गरियो। गलत गरिएछ त्यतिबेला।
त्यो अनुभूति अहिले तपाईंलाई भइरहेको छ? ओली छोडरे माधव नेपालमा आउनु...?
खनाल : म कुनै व्यक्ति विशेषलाई मान्दिनँ। नेकपा एमाले भनेको एउटा संस्था हो, जो नेपालको कम्युनिस्ट आन्दोलनको एउटा राम्रो संस्था बनाइएको थियो हामीले। त्यो संस्थालाई त्यतिबेला छोड्ने, विद्रोह गर्ने कुरा गलत थियो।
Shares

प्रतिक्रिया