राजनीति


मन्त्री फेर्न आज छलफल गर्दै प्रधानमन्त्री

मन्त्री फेर्न आज छलफल गर्दै प्रधानमन्त्री

नेपालखबर
साउन १५, २०८२ बिहिबार १०:५९, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिवर्तन गर्ने तयारी गरेका छन्। 

त्यसका लागि उनले आज सत्ता साझेदार दल नेपाली कांग्रेससँग छलफल गर्दै छन्। 

आज प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूको बैठक  बस्दै छ।

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित सत्ता साझेदार दुई दलका शीर्ष नेता सहभागी हुनेछन्। 

प्रधानमन्त्री ओलीले खासगरी आफ्नै पार्टीबाट बनेका विवादित मन्त्रीहरू फेरबदल गर्न खोजेका हुन्। 

सत्ता साझेदार कांग्रेस भने अहिले आफ्ना मन्त्री फेर्ने मनसायमा देखिएको छैन। 

स्रोतका अनुसार एमालेबाट बनेका रक्षामन्त्री मानवीर राई, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी फेरिने सम्भावना छ। 

कतिपयलाई मन्त्री बनाउने बेलै एक वर्षका लागि मात्र भनेर सम्झौता गरिएको तथा कतिको काम सन्तोषजनक नदेखिएकाले प्रधानमन्त्री ओलीले बिदा गर्न लागेका हुन्। 

भूमि मन्त्री अधिकारीको त घुस मागेको अडिओ नै सार्वजनिक भएको छ।

हाल मन्त्रिपरिषद्‌मा एमालेबाट प्रधानमन्त्रीसहित ९ जना मन्त्री छन्।

आज हुने सत्ता साझेदार दुई दलको बैठकमा प्रधानमन्त्री ओलीसहित उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल तथा कांग्रेसबाट सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी हुने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad