राजनीति


जनार्दनलाई लक्षित गर्दै प्रचण्डले भने- बाहिर अहिले जुन इम्प्रेसन गइरहेको छ, त्यसलाई चिर्नु पर्छ

जनार्दनलाई लक्षित गर्दै प्रचण्डले भने- बाहिर अहिले जुन इम्प्रेसन गइरहेको छ, त्यसलाई चिर्नु पर्छ

नेपालखबर
साउन १४, २०८२ बुधबार १७:९, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता र नेताहरुबीचको एकतालाई सुदृढ बनाएर लैजानु पर्नेमा जोड दिएका छन्। 

बुधबार पेरिसडाँडामा बसेको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै उनले अहिले बाहिर गएको इम्प्रेसनलाई चिरेर जानुपर्ने र त्यसबारे अब बस्ने स्थायी समिति बैठकमा छलफल गर्ने बताएको बैठकमा सहभागी एक नेताले नेपालखबरलाई जानकारी दिए।

‘पार्टी एकता र नेताहरुबीचको एकतालाई पनि अलि सृढित गरेर जानुपर्‍यो,’ प्रचण्डको भनाइ छ, ‘बाहिर अहिले जुन इम्प्रेसन गइरहेको छ, त्यसलाई चिरेर जानुपर्‍यो।’

करिब एक घण्टाजति मात्रै बसेको बैठकमा महासचिव देव गुरुङले १६ गतेदेखि बस्न लागेको स्थायी समिति बैठकका एजेन्डा राखेका थिए। 

त्यसपछि संक्षिप्त धारणा राखेका प्रचण्डले उपमहासचिव जनार्दन शर्माको नाम समेत नलिइन यसबारे स्थायी समिति बैठकमा छलफल हुने बताएका थिए। ‘आजको सम्बोधन हेर्दा यसलाई चर्काएर जाने स्थितिमा अध्यक्ष हुनुहुन्न,’ ती नेताले भने, ‘त्यही भएर अरुले पनि केही बोल्नु भएन।’

बैठकमा प्रचण्डले मात्रै धारणा राखेका थिए।

त्यस्तै बैठकले स्थायी समितिका लागि समाजवादी मोर्चा, पार्टी एकता, एकतामा आउनेहरुको कार्यविभाजन, पार्टी सुदृढीकरण लगायतका एजेन्डा तय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad