राजनीति


प्रधानमन्त्री ओली तुर्कमेनिस्तान जाँदै

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान  जाँदै

नेपालखबर
साउन १४, २०८२ बुधबार १५:२१, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तान  जाने भएका छन्।  राष्ट्रियसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्नो भ्रमणबारे जानकारी गराएका हुन्। 

'हिमालमाथि प्रतिकूल असर भइरहेको छ यसलाई बचाउन चुनौती छ। सगरमाथा संवाद गर्‍यौँ विश्वको ध्यान खिच्यौँ। अस्तिभरखर पनि म स्पेन गएँ यीनै विषयमा, साझा विषयमा कसरी सँगै लड्ने भनेर धाराणा राख्यौँ। फेरि तुर्कमेनिस्तान जाँदैछु। सायद यही १८ गते।'

उनले प्राकृतिक रुपमा भएको क्षतिलाई कसरी कम गर्दै लैजाने भन्नेबारे विश्वका विभिन्न मन्चमा सरकारले आफ्नो कुरा स्पष्ट राखेको ओलीको भनाइ छ। 

त्यस्तै ओलीले विकासशील राष्ट्र भइसकेपछि दिगो विकास गन्त्व्य पूरा गर्न लाग्नुपर्ने चुनौती रहेको सुनाए। 

'हामी विकासशील राष्ट्र भयौँ भनेर चुप लागेर बस्ने होइन त्यसपछि हामीले दिगो विकास गन्तव्य २०३० भित्र पूरा गर्ने कठोर चुनौती छ,' उनले भने, 'दुनियाँको धेरै देशभन्दा नेपाल अगाडि छ।' 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad