राजनीति


बागमती सरकारमा कांग्रेस विवाद: यी हुन् अविश्वास प्रस्तावको पक्ष र विपक्षमा मतदान गर्ने सांसद (नामावलीसहित)

बागमती सरकारमा कांग्रेस विवाद:  यी हुन् अविश्वास प्रस्तावको पक्ष र विपक्षमा मतदान गर्ने सांसद (नामावलीसहित)

नेपालखबर
साउन १३, २०८२ मंगलबार १४:२१, काठमाडौँ

नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव पारित भएको छ। मंगलबार (आज) बसेको कांग्रेस संसदीय दलको बैठकमा भएको मत विभाजनमा लामाविरुद्धको प्रस्तावले बहुमत प्राप्त गरेसँगै उनी दलको नेताबाट पदमुक्त भएका छन्।

कुल ३७ जना सांसद सहभागी बैठकमा २२ जना सांसदले प्रस्तावको पक्षमा र १५ जना सांसदले विपक्षमा मत दिएका थिए। लामो समयदेखि दलभित्र बढ्दै आएको असन्तुष्टि र नेतृत्वप्रतिको गुनासो अन्ततः अविश्वास प्रस्तावको रूपमा सार्वजनिक भएको हो।

अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने सांसदहरू
इन्द्रबहादुर बानियाँ, शिवराज अधिकारी, कञ्चनचन्द्र वादे, दीपेन्द्र श्रेष्ठ, पुकार महर्जन, बिनु रायमाझी पौडेल, यमुना देवी श्रेष्ठ, उर्मिला नेपाल केसी, शान्ता ढकाल, प्रभात तमाङ, छिरीङ्ग दोर्जे लामा, मीना पराजुली, याङ्किला शेर्पा, मीनकृष्ण महर्जन, विमल ठकुरी, मदुकुमार श्रेष्ठ, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, श्रीराम लामिछाने, सुना परियार, श्यामबहादुर खड्का र कृष्णबहादुर तामाङ 

अविश्वास प्रस्तावको विपक्षमा मतदान गर्ने सांसदहरू

बहादुरसिंह लामा तामाङ, कुन्दनराज काफ्ले, उत्तम जोशी, लक्ष्मी श्रेष्ठ, रमेशकुमार महत, हरिप्रभा खड्गी, रामकुमार पहाडी, छेत्रबहादुर बम्जन, गीता गुरुङ, मसिना खड्का, तिर्थ लामा, रामकृष्ण चित्रकार, माया श्रेष्ठ, गोविन्द लम्साल र समिता खड्गी रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad