ad ad

राजनीति


अमेरिकी राष्ट्रपतीय निर्वाचनः स्यान्डर्सले बाइडेनको उम्मेदवारीमा समर्थन जनाए

अमेरिकी राष्ट्रपतीय निर्वाचनः स्यान्डर्सले बाइडेनको उम्मेदवारीमा समर्थन जनाए

नेपालखबर
बैशाख २, २०७७ मंगलबार ८:३९,

उक्त समर्थन पश्चात् आगामी नोभेम्बरको राष्ट्रपति निर्वाचनमा रिपब्लीकन पार्टीका तर्फबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्ेटिक पार्टीका तर्फबाट जो बाइडेन उम्मेदवार हुने निश्चित भएको छ।

स्यान्डर्सले आफ्ना समर्थकहरुलाई पनि आगामी चुनावमा रिपब्लीकन पार्टीका तर्फबाट उम्मेदवार हुनसक्ने राष्ट्रपति डोनाल्ड ट्रम्पलाई परास्त गर्न सम्पूर्ण रुपले तयार हुन पनि आग्रह गरे।

बाइडेनसँग भर्चुअल कन्फरेन्स मार्फत संवाद गर्दै सिनेटर स्यान्डर्सले भने, “म सबै अमेरिकी जनता, सबै डेमोक्र्याट्स, सबै स्वतन्त्र नागरिक, रिपब्लीकन पार्टीका सबै समर्थकहरुलाई म आगामी चुनावमा बाइडेनलाई समर्थन जनाउन आग्रह गर्दछु।”

राष्ट्रपतिको चुनावी दौडमा रहेका स्यान्डर्सले उम्मेदवारी परित्याग गरेको घोषणा गरेको एक साता नबित्दै बाइडेनलाई समर्थन जनाएका हुन्। सबैलाई निःशुल्क स्वास्थ्य सेवा समेतका प्रगतिशील मुद्दाहरुलाई अगाडि सारेर चुनावी दौडमा रहेका स्यान्डर्स मुख्यतः पूर्व उपराष्ट्रपति जो बाइडेनसँग धेरै राज्यमा पराजित भएका थिए।

स्यान्डर्स समेतका प्रगतिशील धारको पर्याप्त सहयोग नपाएकै कारण सन् २०१६ मा भएको राष्ट्रपति चुनावमा हिलारी क्लिन्टन भएकी थिइन्। गत चुनावमा डेमोक्र्याटिक पार्टीभित्र उत्पन्न विभाजनका कारण क्लिन्टन पराजित भएको निष्कर्षमा पुगेका स्यान्डर्सले यसपटक त्यही परिस्थिति दोहोरिन नदिन बाइडेनप्रति चाँडो समर्थन जनाउको अनुमान गरिएको छ। रासस/एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .