राजनीति


डिजिटल नेपाल निर्माणमा लाग्ने बेला आयो: शेरबहादुर देउवा

डिजिटल नेपाल निर्माणमा लाग्ने बेला आयो: शेरबहादुर देउवा

नेपालखबर
साउन ११, २०८२ आइतबार १५:५७, काठमाडौँ

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रविधिमैत्री, परिवर्तनशील, समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको बताएका छन्। 

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आजको समय इन्टरनेटको समय भएको र आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग बढ्दै गएको समय रहेको बताए।

आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग बढाउनसके नेपालमा धेरै काम गर्न सकिने उनको भनाइ थियो। कृत्रिम बौद्धिकताको प्रयोग बढाउने बेला भएको पनि देउवाले बताए।

आर्टिफिसियल इन्टेलिजेन्स अब भविष्यको सपना नभई अहिलेको आवश्यकता भएको बताए। 

‘आजको समय नै इन्टरनेटको हो। आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगहरु गर्न थालेका छौँ। यसको प्रयोग बढाउनसके नेपाल धेरै अघि बढ्ने कुरा बुझेको छु। हामी धेरै कुराहरु गर्नसक्छौँ, आर्टिफिसियल इन्टेलिजेन्सको आधारमा। प्रविधि यहाँ पुगिसकेको छ। कृत्रिम बौद्धिकता, इन्टेलिजेन्स पनि आइसक्यो अब के गर्नुहुन्छ?,' देउवाले भने, 'त्यसकारण अहिलेको बेला यसको सदुपयोग नेपालले, देशले, हाम्रो पार्टीले गर्नसके धेरै काम गर्नसक्छौँ। आर्टिफिसियल इन्टेलिजेन्स अब भविष्यको सपना होइन, अहिलेको आवश्यकता पनि हो। हामीले यसको प्रयोग शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी तथा सार्वजनिक सेवा प्रवाहहरूमा पनि प्रभावकारी रुपमा प्रयोग गर्न आवश्यक छ। सूचना र प्रविधिले जनतालाई छिटो, छरितो र पारदर्शी ढंगले सेवा दिन उल्लेखनिय भुमिका खेलिरहेको छ। प्रविधिमैत्री योजनाहरुले जनताको जीवनशैली सरल, समावेशी बनाउँदै आएको छ। हामी सबै मिलेर प्रविधिमैत्री, परिवर्तनशिल, समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको छ।’

सभापति देउवाले नेपाली कांग्रेस सधैँ नवप्रवर्तन, इनोभेसन प्रविधिमार्फत सामाजिक रुपान्तरणको पक्षमा उभिँदै आएको पनि बताए। नेपाली कांग्रेसले सूचना र प्रविधिलाई आर्थिक गतिविधि बढाउन, सुशासन कायम गर्न, प्रविधिमा पहुँच विस्तार गर्न उपयोग गर्ने जनतालाई केन्द्रमा राखेको उनको भनाइ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad