पार्टी सदस्यता नवीकरणको विवादमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई नेकपा एमालेको पूर्वउपाध्यक्षको हैसियतमा प्रस्तुत गरेकी छन्।
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले सदस्यता नवीकरण नगर्ने निर्णय गरेसँगै त्यसबारे जवाफ दिन आयोजित पत्रकार सम्मेलनमा उनले आफूलाई एमालेको पूर्वउपाध्यक्षको रूपमा प्रस्तुत गरेकी हुन्।
उनले आफू राष्ट्रपति हुँदासम्म नेकपा एमालेको सदस्यता लिएको ३४ वर्ष पूरा भइसकेको र अहिले ४५ वर्ष भइसकेको पनि बताइन्। लिखित वक्तव्यका साथ पत्रकार तथा समर्थकको ठूलो उपस्थितिका माझ प्रस्तुत भएकी भण्डारीले आफू नेकपा एमालेको पूर्वउपाध्यक्ष नै रहेको उल्लेख गरिन्।
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
दुई पृष्ठको उनको लिखित वक्तव्यको अन्त्यमा पनि उनले नाम र पूर्वउपाध्यक्ष पद उल्लेख गरेकी छन्।
उनले सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्नुअघि राज्यबाट पूर्वविशिष्ट पदाधिकारीका रूपमा प्राप्त हुने सुविधा त्यागेकी थिइन्।


Shares

प्रतिक्रिया