नेपाली कांग्रेसबाट मुख्यमन्त्री निर्वाचित भएका बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।
कांग्रेसकै २१ जना प्रदेश सभा सदस्यहरूले लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्।
कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मुख्यमन्त्री लामाविरुद्ध अविश्वास प्रस्तावको नेतृत्व कांग्रेसकै बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले गरेका छन्। बानियाँ मुख्यमन्त्रीको कुर्सी हत्याउने खेलमा छन्।
१३ पुस २०७९ मा संसदीय दलको निर्वाचनमा लामाले ३७ सांसदमध्ये लामाले २१ मत पाएका थिए भने १६ मत पाएर बानियाँ पराजित भए।
तर, एक वर्षमा परिस्थिति ठा्याक्कै उल्टिएको छ। बानियाँको पक्षमा २१ जना नै सांसदले हस्ताक्षर गरेका छन्।
मुख्यमन्त्री फेर्न कांग्रेसभित्र किचलोः २१ मतले नेता बनेका लामालाई २१ कै अविश्वास प्रस्ताव
पार्टी सभापति शेरबहादुर देउवाले लामा र बानियाँलाई आधा/आधा समय अर्थात् एक एक वर्ष मुख्यमन्त्री बन्ने सहमती गराएको बानियाँ पक्षको दाबी छ। सोही सहमती अनुसार १ वर्षअघि ९ साउन २०८१ मा मुख्यमन्त्री बनेका लामाले राजीनामा नदिएपछि उनीविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता गरिएको बानियाँ पक्षको तर्क छ।
बानियाँलाई साथ दिँदै प्रदेश सरकारका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन र संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरीले राजीनामा समेत बुझाएका छन्।
यी हुन् हस्ताक्षर गर्ने २१ सांसद




Shares

प्रतिक्रिया