नेपाली कांग्रेस सांसद विमलेन्द्र निधिले नेपालका कम्युनिस्टहरूले संघीयतामा विश्वास नगर्ने टिप्पणी गरेका छन्। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतालाई संविधान जारी गरेपछि पूरा हुन्छन् भनेर दिएका प्रतिवद्धताहरु पूरा गर्नुपर्ने बताएका हुन्।
उहाँले कम्युनिष्ट पार्टीहरू संघीयतामा, लोकतन्त्रमा विश्वास नगर्ने भने।
‘जनतालाई हामीले जुन वाचा गरेका छौँ। संविधान जारी गरेपछि समस्या समाधान गर्दछौँ। त्यो कारणले पनि हामीले संविधान संशोधन गर्नुपरेको छ। यो काम नेपाली काँग्रेसले मात्रै गर्दछ। किनभने कम्युनिष्टहरु त संघीयतामा, लोकतन्त्रमा विश्वास नै गर्दैनन्,' उनले भने, 'उनीहरुको प्राथमिकतामा छँदै छैन। त्यसैले दुई तिहाई त पुग्ला, कसैले भन्नुभएको छ, दुई तिहाई पुग्दैन, २०८७ मा पुग्छ । पुग्ला ०८७ मा। हाम्रो संख्या पुग्दैन, त्यो कुरा छोडिदिऔँ। जुन प्रणालीलाई लिएर अघि बढेका छौँ, यो नै उत्तम प्रणाली हो भन्ने हामीलाई लागेको छ। यसलाई उन्नत बनाउन लागि रहनुपर्छ।’
Shares

प्रतिक्रिया