राजनीति


उपराष्ट्रपतिलाई राष्ट्रिय सभा अध्यक्ष बनाउनुपर्ने ओलीको कुरा छ, हाम्रो पनि त्यही हो: शेरबहादुर देउवा

उपराष्ट्रपतिलाई राष्ट्रिय सभा अध्यक्ष बनाउनुपर्ने ओलीको कुरा छ, हाम्रो पनि त्यही हो: शेरबहादुर देउवा

नेपालखबर
साउन ९, २०८२ शुक्रबार १८:१७, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका कम्युनिस्टहरूले आफूलाई लोकतान्त्रिक सिद्धान्तमा ढालिसकेको बताएका छन्।

शुक्रवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नाममा नेपाल कम्युनिस्ट पार्टी भए पनि तल व्यवहारतः सबै पार्टीहरूले डेमोक्रेटिक सोसलिस्ट पार्टीका रुपमा काम गरिरहेको बताए। 

'आज संविधान सबैका लागि स्वीकार्य भएको छ। केही कुराहरू संविधान संशोधन गर्नुपर्छ भन्ने आवाज उठेका छन्। स्वभाविक कुरा हो। आवश्यकताअनुसार संविधानको संशोधन हुन्छ नै। कतिपय कुरामा अहिले राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपतिलाई राख्नुपर्छ भन्ने धारणा ओलीजीको छ,' उनले भने, 'त्यो हाम्रो पनि कुरा हो। नाममा नेपाल कम्युनिस्ट पार्टी भए पनि तल व्यवहारतः सबै पार्टीहरू डेमोक्रेटिक सोसलिस्ट पार्टीको रुपमा काम गरिरहेका छन्। काममा डेमोक्रेटिक सोसलिस्ट भइसकेपछि आफ्नो पार्टीमा कतिपय कुरा ढाल्न गाह्रो होला उहाँहरूलाई तर विस्तारै विस्तारै ढालिसकेका छन्। कम्युनिस्ट सिद्धान्तबाट डेमोक्रेटिक सिद्धान्तमा ढालिसकेका छन्।'

उनले नेपाल देश सानो भए पनि धेरै पार्टीहरू भएको देश  भएको बताए। 'हामी अझै पनि ग्रासरुटमा बलियो भइसकेका छैनौँ। अहिलेको संविधान अत्यन्तै राम्रो छ। समावेशी छ। तर कुनै पार्टीको पनि बहुमत आउन गाह्रो छ,' उनले थपे, 'बहुमतका लागि कुनै न कुनै पार्टीसँग मिल्नुपर्नेछ। एक्लै हाँक्छु भनेर पनि नमिल्ने, लचिलोपन ल्याउनुपर्ने, कम्परमाइज गर्नुपर्ने आवश्यकता छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad