दुई कार्यकाल मुलुकको सर्वोच्च पद राष्ट्रपतिबाट अवकाश भएपछि पुनः पार्टी राजनीतिमा फर्किने चाहना राखेकी विद्यादेवी भण्डारीलाई नेकपा (एमाले) ले सदस्यता नवीकरण नगर्ने निर्णय गर्यो।
आफूले मातृ पार्टीको रुपमा लिएको दल र पुनः सोही संगठनमा सक्रिय हुने घोषणा गरेकी भण्डारीका लागि एमालेको निर्णयले आक्रोशित बनाएको छ।
खासगरी एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू तेस्रो कार्यकालको लागि अध्यक्ष बन्ने महत्वाकांक्षाका कारण नै अध्यक्षका दाबेदार भण्डारीलाई पार्टीमा आउनबाट रोकेको स्पष्ट छ।
ओली र भण्डारीबीचको यही महत्वाकांक्षाबाट उत्पन्न परिस्थितिले एमालेमा अहिले हलचल ल्याएको छ।
एमालेले केन्द्रीय समितिबाट निर्णय गराएरै भण्डारीलाई पार्टी राजनीतिमा आउनबाट रोकेपछि उनले शुक्रबार पत्रकार सम्मेलन गरी रोष प्रकट गरिन्।
त्यसक्रममा भण्डारीले आफूले ४५ वर्षअघि नै एमालेको पार्टी सदस्यता लिएर रगत पसिना बगाएको भन्दै कसैलाई लाग्दैमा सदस्यताबाट वञ्चित गर्न नसक्ने चुनौती पनि दिइन्।
शुक्रबार कार्की बेन्क्वेटमा सयौं शुभचिन्तक तथा दर्जनौं सञ्चारमाध्यमअघि पूर्वराष्ट्रपति भण्डारीले आफूमा कुनै लोभलालच नरहेको पनि जिकिर गरिन्।













Shares

प्रतिक्रिया