राजनीति


कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता फाल्न सक्दैन: पूर्वराष्ट्रपति भण्डारी

कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता फाल्न सक्दैन: पूर्वराष्ट्रपति भण्डारी

नेपालखबर
साउन ९, २०८२ शुक्रबार १६:११, काठमाडौँ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको आफ्नो सदस्यता कसैले चाहेर फाल्न नसक्ने बताएकी छन्। एमालेको केन्द्रीय कमिटी बैठकले सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि पत्रकार सम्मेलन गर्दै उनले यसबारे प्रतिक्रिया दिएकी हुन्। 

'अहिले पार्टी सदस्यको कुरा हो। पार्टी सदस्य भएकै ४५ वर्ष भइसकयो। सदस्यता हुँदा मदनभण्डारी कोसी-सगरमाथा इन्चार्ज हुँदा  लिएको हुँ। कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता फाल्न सक्दैन' उनले भनिन्।

उनले पार्टी सदस्यता लिएको ३४ वर्ष हुँदा राष्ट्रपतिको शपथ लिएको र अहिले सदस्यता लिएको ४५ वर्ष भइसकेको सुनाइन्।  

राष्ट्रपतिको कार्यकालपछि आफूले बाँकी जीवन मातृ पार्टी एमालेबाटै अघि बढाउने निष्कर्ष निकालेको र काम अघि बढाउन लागेको पनिब ताइन्।  

'पार्टीको आफ्नो प्रक्रिया हुन्छ। हाम्रो पार्टी प्रणालीमा चल्छ। कसलाई कतिखेर के मनलाग्छ त्यो निर्णय गर्ने कुरा होइन,' उनले भनिन्, '३४ वर्ष सदस्यता रहेपछि राष्ट्रपतिको शपथ खाएको हुँ। पार्टीले निर्णय गरेर पठाएको हो। अहिले आएपछि विधिपूर्वक नै पार्टीमा आवद्ध भएको छु भनेर भन्छु। समृद्ध नेपाल सुखी नेपाली जनताको बहुदलीय जनवादको आधारमा भनिएको हो। पार्टीको आन्तरिक कुराहरू हुन्छन्। त्यहाँ कुरा होला।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad