सुर्खेतको वीरेन्द्रनगरमा करेन्ट लागेर दम्पतीको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेका ५५ वर्षीय धनीराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्यायको करेन्ट लागेर मृत्यु भएको हो।
सुर्खेतका प्रहरी प्रवक्ता डीएसपी होमनजंग बुढथापाले बिहान पौने ११ बजेतिर आफ्नै घरमा उनीहरूलाई करेन्ट लागेपछि उपचारका क्रममा मृत्यु भएको जानकारी दिए।
प्रहरीका अनुसार आचार्य दम्पतीले घाँस काट्ने विद्युतीय मेसिनद्वारा घाँस टुकार्दै गर्दा तारबाट उनीहरूलाई करेन्ट लागेको थियो।
अचेत अवस्थाका उनीहरूलाई प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा पुर्याएको केहीबेरमै बिहान सवा ११ बजेतिर चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
201
Shares

प्रतिक्रिया