राजनीति


कुनै लोभलालच छैन, राजनीतिको सेवा गर्नु मुख्य उद्देश्यः पूर्वराष्ट्रपति भण्डारी

कुनै लोभलालच छैन, राजनीतिको सेवा गर्नु मुख्य उद्देश्यः पूर्वराष्ट्रपति भण्डारी

नेपालखबर
साउन ९, २०८२ शुक्रबार १६:११, काठमाडौँ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूमा कुनै लोभलालच नरहेको स्पष्ट पारेकी छन्। 

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले देशको सर्वोच्च पद राष्ट्रपतिको जिम्मेवारीमा पुगेको भन्दै पदको लोभ नभएको स्पष्ट पारेकी हुन्।

उनले राजनीतिको सेवा गर्ने र समृद्धिलाई अगाडि बढाउनु आफ्नो उद्देश्य भएको बताइन्।

उनले भनिन्, ‘जिम्मेवारी पूरा गरेकैले राष्ट्रपतिमा निर्वाचित भएको हुँ। बाँकी जीवन देश र जनताको सेवामा लाग्न समर्पित भएको हुँ। ममा कुननै लोभ छैन। किन कि मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर आफ्नो नाम लेखिसकेको छु। राजनीतिमा सेवा गर्ने, समृद्धिलाई अघि बढाउनु नै मेरो उद्देश्य हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad