राजनीति


म मेरो विचारमा विचलित छैन: पूर्वराष्ट्रपति भण्डारी

म मेरो विचारमा विचलित छैन: पूर्वराष्ट्रपति भण्डारी

नेपालखबर
साउन ९, २०८२ शुक्रबार १६:५, काठमाडौँ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू आफ्नो विचारमा विचलित नभएको स्पष्ट पारेकी छन्। पार्टी सदस्यता नवीकरण नभएको भन्दै नेकपा एमालेले विज्ञप्ति जारी गर्ने, नेताहरूले अभिव्यक्ति दिने र केन्द्रीय समितिको बैठकबाट निर्णय भएसँगै उनले यसबारे आज पत्रकार सम्मेलन गरी जानकारी गराएकी हुन्।  

'पार्टी हजारौँ सदस्यको रगत-पसिनाले बनेको हो म यो कुरा कुनै भावनामा भनिरहेको छैन। जबजले अगाडि सारेको पार्टी निर्माणमा अघि बढ्न देशभरका एमाले कार्यकर्तालाई आह्वान गर्छु म मेरो कुरामा विचलित हुने छैन,' उनले भनिन्, 'निर्धक्क ढुक्क भएर रहन आग्रह गर्छु । जननेता मदन भण्डारीले उठाएका कुरा र जबजले नै एमाले मुलुकको स्थायी शक्ति बन्न सक्छ।'

उनले पार्टीलाई थप सशक्त बनाउनु अबको दायित्व भएको पनि बताइन्। 'पार्टीलाई थप ‍सशक्त बनाउन सामाजिक ढंगले एकता र सुदृढ गर्नु दायित्व हाम्रै हो,' उनले भनिन्, 'यसका निम्ति हामी सबैको निस्वार्थ प्रयास अहिलेको आवश्यकता हो। यसो हुँदा जनेता भण्डारीको विचारपालन र देशलाई समृद्ध बनाउन सकिन्छ।'

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad