राजनीति


कांग्रेसलाई एमालेले भन्यो- संशोधन राख्न सांसदहरू स्वतन्त्र छन्

कांग्रेसलाई एमालेले भन्यो- संशोधन राख्न सांसदहरू स्वतन्त्र छन्

फाइल तस्बिर


नेपालखबर
साउन ९, २०८२ शुक्रबार १२:५५, काठमाडौँ

सत्तारुढ दल नेकपा एमालेले सत्ता साझेदार नेपाली कांग्रेसलाई संघीय निजामती विधेयकबारे आफ्ना सांसदहरूको संशोधन प्रस्ताव स्वतन्त्र रूपले राखेको बताएको छ।

राष्ट्रिय सभामा रहेको निजामती विधेयकमा कुलिङ पिरियड हटाउनेबारेमा एमाले सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएका छन्। यसबारेमा संसदमा बहस भइरहेको छ।

नेताहरूको जिज्ञासामा सांसदहरू संशोधन हाल्नका लागि स्वतन्त्र रहेको कुरा बताएको कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए।

शुक्रबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकपछि बैठकबारे सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक घिमिरेले कांग्रेसले कुलिङ पिरियडमा एमाले सांसदहरूको संशोधनबारे बुझ्दा एमालेले संशोधनका लागि सांसदहरू स्वतन्त्र रहेको र त्यहीअनुसार संशोधन आएको बताएको जानकारी दिए। सरकारले ल्याएकै भूमि ऐनमा पनि कांग्रेसका केही सांसदहरूले संशोधन राखेकाले यसलाई सामान्य रुपमा बुझ्नुपर्ने उनले बताए।

उनले भने, ‘उहाँहरूको समग्र पार्टीको तर्फबाट कुरा के आएको छ भने सांसदहरूले आफ्नो ढंगले संशोधन प्रश्ताव राखे। सांसदहरू स्वतन्त्र हुन्छन्। आफ्नो संशोधनहरू राख्न स्वतन्त्र हुन्छन्। भूमि ऐनमा हाम्रा १०÷१२ जना सांसदहरूले राख्नुभयो। तर त्यो सरकारबाटै आएको थियो । सरकारबाटै आएको विधेयकमा पनि राख्ने प्रचलन भएकाले राखिएको हो भन्ने छ। छलफल गरेर अघि बढ्ने विषय छ।’

कुलिङ पिरियडबारे थप छलफल गरेर टुंग्याइने पनि प्रमुख सचेतक घिमिरेले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad