राजनीति


घुस ‘डिल’ प्रकरणमा रञ्जितालाई रेशमको आग्रह: तपाईंले केन्द्रीय समितिमा जवाफ दिनुपर्छ

घुस ‘डिल’ प्रकरणमा रञ्जितालाई रेशमको आग्रह: तपाईंले केन्द्रीय समितिमा जवाफ दिनुपर्छ

फाइल तस्बिर : रेशम चौधरी र रञ्जिता श्रेष्ठ


नेपालखबर
साउन ९, २०८२ शुक्रबार १२:११, काठमाडौँ

नागरिक उन्मुक्ति पार्टी (नाउपा) संरक्षक रेशम चौधरीले आफ्नी पत्नीसमेत रहेकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफूविरुद्ध लागेको आरोपबारेपार्टीको केन्द्रीय समितिमा स्पष्टीकरण दिनुपर्ने बताएका छन्। 

नाउपा अध्यक्ष श्रेष्ठलाई कास्कीको लिची बगैँचाको जग्गा हत्याउन घुस मागेको आरोप लागेको छ। यस विषयमा भ्वाइस टेस्टका लागि अध्यक्ष श्रेष्ठ बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग उपस्थित भएकी थिइन्।

त्यसपछि बिहीबार सामाजिक सञ्जालमार्फत भिडिओ सन्देश जारी गर्दै उनकै पतिसमेत रहेका पार्टी संरक्षक चौधरीले पार्टीका कार्यकर्ता र जनता पनि अन्योलमा परेकाले त्यस विषयमा केन्द्रीय समिति बैठकमा जवाफ दिन आग्रह गरेका हुन्।

चौधरीले भिडिओमा भनेका छन्, 'अहिले उत्पन्न परिस्थिति हाम्रा कारण होइन, तपाईंका कारण सिर्जना भयो। तपाईंका कारण सिर्जना भए पनि हामीले तपाईंसँग सम्पर्क राख्ने प्रयास गरेकै छौँ। तपाईं केन्द्रीय समितिको बैठकमा आउनुपर्छ। स्पष्ट रूपमा जबाफ दिनुपर्छ।'

उनले अगाडि भनेका छन्, 'एउटा मुखले मात्रै बोलेर हुँदैन। केन्द्रीय समितिमा आएर बोल्नुभयो भने भोलि लाख मुखले तपाईंको पक्ष वा विपक्षमा कुराकानी गर्ला। पार्टीलाई बन्धक वा निरंकुश बनाउन पाइँदैन। यसको निकास तपाईंले नै दिनुपर्छ। तपाईंले भन्नुपर्छ।' 

यस क्रममा रेशमले आफू अध्यक्ष हुन पनाएको आक्रोश पनि पोखेका छन्। 

उनले भनेका छन्, 'मलाई संरक्षकमा ल्याएर थन्क्याइएको छ। होइन भनुँ भने म संरक्षक नै हुँ। हो भनौँ भने भूमिकाविहीन जस्तै छु।'

कास्कीको भूमि आयोग अध्यक्ष र मालपोत प्रमुख सरुवामा ७८ लाख ‘घुस डिल’ प्रकरणमा पूर्वभूमि व्यवस्थामन्त्रीसमेत रहेकी रञ्जिता पनि मुछिएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad