राजनीति


मन्त्रीसहित कांग्रेस पदाधिकारी बैठक जारी, शेखरदेखि बालकृष्णसम्म सहभागी

मन्त्रीसहित कांग्रेस पदाधिकारी बैठक जारी, शेखरदेखि बालकृष्णसम्म सहभागी

फाइल तस्बिर


नेपालखबर
साउन ९, २०८२ शुक्रबार १०:२१, काठमाडौँ

मन्त्रीसहित सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बुढानीलकण्ठमा जारी छ। 

कांग्रेसका पूर्वपदाधिकारीसमेत सहभागी बैठक सभापति शेरबहादुर देउवाको निवासमा चलिरहेको हो। 

बैठकमा शेखर कोइरालादेखि बालकृष्ण खाणसम्म सहभागी छन्।

जारी पदाधिकारी बैठकमा कांग्रेसबाट सरकारमा रहेका गृहमन्त्री रमेश लेखक, कृषिमन्त्री रामनाथ अधिकारी, ऊर्जामन्त्री दीपक खड्का पनि सहभागी छन्। 

सरकारप्रति कांग्रेसभित्रै चर्को असन्तुष्टि बढीरहेका बेला देउवाले मन्त्रीसहितको पदाधिकारी बैठक राखेका हुन्। 

कांग्रेसका अन्य नेता सरकारको कार्यशैलीप्रति कठोर बन्दै गइरहेका बेला देउवा भने नरम देखिएका छन्। 

नेता शेखर कोइरालाले त वर्तमान सरकारको विकल्पमा विपक्षीसँग छलफलसमेत अघि बढाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad