नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले अहिले देश अर्थतन्त्र सबल हुने बाटोमा रहेको बताएका छन्। नेपालखबरले आयोजना गरेको राइजिङ नेपाल समिटमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग मिसन ०८४, दोब्बर लगानी, दोब्बर रोजगारी शीर्षकको संवादमा अहिले देशमा कति जुत्ता उत्पादन भइरहेको छ भन्ने हेर्न र बाँसबारी जुत्ता उद्योग नखोज्न आग्रह गरेका हुन्।
'२०४८ सालमा नेपालको जीडीपीको ७० प्रतिशत कुल ऋण थियो। ऋणबाहेक केही पनि थिएन। भूकम्प अघि आउँदा २० प्रतिशत मात्रै ऋणमा रह्यो। हालसम्म आइपुग्दा ४० प्रतिशतको अवस्थामा आएका थियौँ। ७० प्रतिशतबाट त घट्यौँ नि,' उनले भने, 'देशले सकस व्यहोरेको अर्थतन्त्रबाट त मुक्ति मिल्यो नि। जुत्ता कति उत्पादन भइरहेको छ भन्ने हेरौँ, बाँसबारी जुत्ता उद्योग नखोजौँ।
हरेक दिन विदेश जाने २३ हजारले गरेको आम्दानीले गर्दा एकचौथाइ राजस्व बढेको छ नि।'
Shares

प्रतिक्रिया