राजनीति


अख्तियारसम्बन्धी विधेयक थन्क्याएर राखेको भन्दै कांग्रेस सांसद थानीको आपत्ति

अख्तियारसम्बन्धी विधेयक थन्क्याएर राखेको भन्दै कांग्रेस सांसद थानीको आपत्ति

फाइल तस्बिर


नेपालखबर
साउन ८, २०८२ बिहिबार १५:२०, काठमाडौँ

नेपाली कांग्रेसका सांसद हृदयराम थानीले अख्तियारसम्बन्धी विधेयकलाई संसदीय समितिलाई थन्क्याएर राखेका भन्दै आपत्ति जनाएका छन्। 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले संसदीय उपसमितिले गत पुस ४ गते नै पारित गरेर बुझाएको विधेयकमाथि मुल समितिमा छलफल नगरिएको भन्दै आपत्ति जनाएका हुन्। 

सांसद थानीले सँगै ल्याइएको भ्रष्टाचारसम्बन्धी विधेयकले कानुनको रुप लिईसक्दा पनि अख्तियारसम्बन्धी विधेयक थन्क्याएर राख्नुको कारण के गरे।

‘मुलुकमा ठुला ठुला भ्रष्टाचारहरु नीतिगत निर्णयका माध्यमबाट हुने अख्तियारको सर्वेक्षण र दाबी र ऐनमा पनि नीतिगत निर्णयको व्याख्या गरिदिन बारम्बार अनुरोध गरेको परिप्रक्ष्यमा यदि नीतिगत निर्णयको व्याख्याकै कारण उक्त विधेयक रोकिएको हो भने मुलुकका लागि कदापि राम्रो हुदैन,’ उनले भने, ‘विधेयकमाथि छलफल गराउन सकारलाई रुलिङ गराउन सभामुखसँग अनुरोध गर्दछु।’

उनले विधेयकमाथि छलफल गराउन सरकारलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण समेत गराए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad