राजनीति


सरकारको असक्षमताले शिक्षा क्षेत्र ध्वस्त भयोः सांसद भण्डारी

सरकारको असक्षमताले शिक्षा क्षेत्र ध्वस्त भयोः सांसद भण्डारी

नेपालखबर
साउन ८, २०८२ बिहिबार १५:१६, काठमाडौँ

नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले सरकारको उदासीनता र अकर्मण्यताका कारण त्रिभुवन विश्वविद्यालय (त्रिवि) पटक–पटक बन्द हुने गरेको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद भण्डारीले यस्तो  आरोप लगाएका हुन्। सांसद भण्डारीले विश्वविद्यालयको व्यवस्थापन र शैक्षिक सुधार गर्न सरकार असफल भएको बताए।

उनले पछिल्लो समय विकसित भएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारतिर पाठ्यक्रम बनाउन ढिला गर्न नहुने बताए। उनले विश्वबजारमा प्रतिष्पर्धा गर्नसक्ने सक्षम जनशक्ति विकास हुनेगरी विश्वविद्यालयको सुधार गर्न आवश्यक रहेको स्पष्ट पारे। 

उनले जिम्मेवार र कर्तव्यहिन सरकारका कारण शिक्षा क्षेत्र ध्वस्त भएको उल्लेख गर्दै रुलिङ गर्न माग गरे। 

सांसद भण्डारीले भने, ‘सरकार छ, मन्त्रालयहरू छन्, विज्ञहरू छन्। त्रिभुवन विश्वविद्यालय सधैँ बन्द किन भइरहन्छ? किन सरकारले खोल्न सक्दैन? विश्वविद्यालयले नयाँ कार्यक्रमहरु ल्याउन सक्दैन? हाम्रा विद्यार्थीहरूले फार्मेसी, इन्जिनियरिङ पारामेडिकल लगायतका विषयहरू पढ्न चाहन्छ। हामी त्यस्ता कार्यक्रमहरु किन ल्याउन सक्दैनौं? सरकारले यसको बारेमा किन काम गर्दैन? यो आजको सबैभन्दा ठूलो सवाल हो। यहाँ सबै युवाहरू पलायन हुन भनेर दलालहरूसँग मिलेर कुनैपनि कार्यक्रमहरु ल्याइँदैनन् सभामुख महोदय।’

उनले सबै प्रकारको पेसामा आधारित शिक्षा सार्वजनिक विश्वविद्यालयबाटै दिएर आर्थिक कमजोरीका कारण पढ्न नपाउने अवस्था अन्त्य गर्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad