सत्तारुढ नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले निजामती विधेयकमा संशोधनको विषयमा सांसदहरुलाई धम्की दिने प्रयास गैरजिम्मेवारपूर्ण भएको टिप्पणी गरेका छन्।
बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई निजामती विधेयकमा फरक संशोधन राखेको विषयमा मिडियाबाजी नगरी आफ्नै सभापतिसँग छलफल गर्न आग्रह गरे।
‘निजामती विधेयकमा कस्तो संशोधन हाल्ने भन्ने कुरा राष्ट्रिय सभा सदस्यहरुको विशेषाधिकारको कुरा हो,’ बर्तौलाले भने, ‘यसमा किन यस्तो संशोधन हालिस भनेर धम्क्याउने, सरकारमा दरार आउँछ भन्ने कुरा एकदम गलत हो। विधकयिकी कुरामा पार्टीको ह्वीप पनि लाग्दैन।’
प्रतिनिधि सभाबाट पास भएको संघीय निजामती सेवा विधेयक अहिले विधायन व्यवस्थापन समितिमा रहेको छ। एमाले सांसदहरुले कुलिङ अफ पिरियडको व्यवस्था खारेज गर्न संशोधन हालेका छन्।
Shares

प्रतिक्रिया